काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको राष्ट्रिय उद्योग तथा वाणिज्य चेम्बर (नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसिया) बीच व्यापार र लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा मलेसियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष तान श्री दातो सोह थियान लाइ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा जारी लगानी सम्मेलनमा दुवैपक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आइतबार लगानी सम्मेलनमा हस्ताक्षर भएको यो दोस्रो सम्झौता हो ।
प्रतिक्रिया दिनुहोस्