Skip to content
Prabhu

नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

 

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज मंगलबारदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त लिलामी सेयरमा वैशाख २६ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal