Skip to content

स्थानीय उत्पादन बजारीकरणका लागि कर्णालीमा औद्योगिक प्रदर्शनी


कर्णाली । स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा भोलिदेखि तीन दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका दशवटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने लागेको उक्त कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले राससलाई जानकारी दिए।

‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिनेछन्”, निर्देशक योगीले भने, ‘प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् । उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः रु ४०, २० र ३० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।’

प्रतियोगिता सञ्चालन गर्न निर्देशनालयका लागि तीन र जिल्ला कार्यालयका निम्ति रु दुई लाख रकम विनियोजन गरिएको उनले जनाए । प्रतियोगितामा दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक ऊर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उद्योगका उत्पादन समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal