Skip to content

एकैदिन सुनको मूल्य २ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८ सय ५० रुपैयाँँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३१९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal