Skip to content

अर्घाखाँची सिमेन्टले १ वर्षमा गर्यो ५ अर्ब ७७ करोड आम्दानी

 

काठमाडौं । सन् २०२३ मा अर्घाखाँची सिमेन्ट लिमिटडेले ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २४ प्रतिशतले कम हो । सन् २०२२ मा यस कम्पनीले ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

सिमेन्ट कम्पनीले सन् २०२१ मा ८ अब ७० करोड ४० लाख र सन् २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यसले चालु आर्थिक वर्षको ८ महिनासम्म ३ अर्ब ३६ करोड रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सीले जनाएको छ ।

अर्घाखाँची सिमेन्टले ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब ७८ करोड ३० लाख रुपैयाँका लागि ‘इक्रा एलबीबी प्लस’ र सर्ट ट्रम १ अर्ब ८४ करोड ९० लाख रुपैयाँका कर्जाका लागि ‘इक्रा ए४ प्लस’ रेटिङ प्राप्त गरेको छ ।

अर्घाखाँची सिमेन्ट हाल क्लिन्कराइजेसन इकाईको लागि प्रति वर्ष १० लाख मेट्रिक टन (एमटीपीए) र ग्राइन्डिङ इकाईको लागि ८ लाक ‘एमटीपीए’ क्षमता रहेको छ । यसको कारखाना मैनाहिया रुपन्देहीमा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal