Skip to content

नेप्से ७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब १३ करोड

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर  १९९८.९८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आज ३०८ कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता कारोबार हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ २३ पैसाको कारोबार भएको छ ।

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार सबैभन्दा धेरै भएको छ । सो कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ६८ रुपैयाँ १० पैसा कायम रहेको छ।

बिहीबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यसैगरी, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal