Skip to content

भारतीय कम्पनी एयरटेलको पैसा नतिरेपछि नेपालमा इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । भारतीय इन्टरनेट सेवा प्रदायकलाई पैसा नतिरेपछि नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपाली कम्पनीहरुले भारतीय एयरटेललाई ३ अर्ब रुपैयाँ तिनुपर्ने छ ।

इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेपालमा इन्टरनेट सेवा काटेको जानकारी दिए ।

भारतीय कम्पनीले सेवा काटेपछि नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो । सरकारी कम्पनी नेपाल टेलिकमको सेवा भने समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal