Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता संस्थापक सेयर बेच्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजहार ४४६ कित्ता सेयर बिक्रीको लागि राखेको छ ।

नियम अनुसार ३५ दिनभित्र अहिलेका सेयरधनीलाई किन्नको लागि सूचना जारी गरिएको छ । ३५ दिनभित्रमा संस्थापकले सेयर नकिनेमा संस्थापक बाहेकले सेयर किन्न पाउनेछन् ।

पछिल्लो समय पुनर्बीमामा संस्थापक सेयरधनीले सेयर बेच्ने क्रम बढेको छ । युनाइटेडले प्रतिकित्ता २८१ दरले सेयर बेच्न लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal