Skip to content
Prabhu

प्रभु इन्स्योरेन्सको साधारण सभाले ५ प्रतिशत लाभांश पारित, ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

nabil

 

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारणसभा तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

सो सभामा वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९र८० को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

वार्षिक साधारणसभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्न सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बिमा प्राधिकरणबाट तोकिएबमोजिमको चुक्ता पुँजी २ अब ५० करोड पुर्याउनका लागि स्वीकृत बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुसुम लामाले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यावसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बिमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडि बढाएको बताउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन र उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई निरन्तरता दिइने बताए ।

वार्षिक साधारणसभामा बिभिन्न सेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगति सन्तोषजनक रहेको बताए । वार्षिक साधारणसभामा पेस भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal