Skip to content
Prabhu

आइतबार सुनको मूल्य ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

 

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघ व्यवसायका अनुसार आज  छापावला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी तेजावी सुनकको मूल्य आज प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै , आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal