काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३५५ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्