Skip to content
Prabhu

कोकाकोलाको ‘कोकाकोला महोत्सव’

 

काठमाडौं । कोकाकोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोकाकोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरुसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् ।
कोकाकोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोकाकोला महोत्सव’ वैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal