Skip to content
Prabhu

मंगलबार सुनको मूल्य ७ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal