Skip to content

आइसिएफसी फाइनान्सले पायो ३० करोडको डिबेञ्चर जारी गर्न अनुमति

 

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले डिबेञ्चर जारी गर्न अनुमति पाएको छ । फाइनान्सले ३० करोड रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न अनुमति पाएको हो ।

नेपाल राष्ट्र बैंकले फाइनान्सलाई आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्ने स्वीकृति पाएको हो । जेठ २८ गते राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

केन्द्रीय बैंकले फाइनान्स कम्पनीलाई प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता डिबेन्चर जारी गर्न स्वीकृति दिएको हो ।

फाइनान्स कम्पनीको २०८० चैत १९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले दीर्घकालीन स्रोत संकलनका लागि ३० कोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पाएको थियो । सोही निर्णय बमोजिम कम्पनीले ऋणपत्र बिक्रीको अनुमति पाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi