काठमाडौं । आइतबार सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । समग्रमा बजार परिसूचक १ प्रतिशतले बढेको दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यो कम्पनीको सेयर मूल्य ७३ रुपैयाँ ५० पैसाले घटेर ६६१ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ। त्यस्तै आज सेयर बजारमा यो सहित गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, अपर सोलु हाइड्रो इलेक्ट्रिक र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
आज गुडविल फाइनान्सको सेयर मूल्य ६.६२ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ४४ रुपैयाँ ९० पैसाको गिरावट आएर ६३३ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आईसीएफसी फाइनान्सको सेयर मूल्य ४.१८ प्रतिशत अर्थात् २६ रुपैयाँ ९० पैसाले घटेर ६१६ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ ।
त्यस्तै अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ३.९० प्रतिशत अर्थात् १९ रुपैयाँले घटेर ४६८ रुपैयाँमा पुगेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ३.५९ प्रतिशत अर्थात् ७ रुपैयाँले घटेर १८८ रुपैयाँमा कारोबार बन्द भएको छ ।












प्रतिक्रिया दिनुहोस्