Skip to content

८२० रुपैयाँमा आईपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको नाफा २ करोड ६३ लाख मात्रै !

nabil bank

काठमाडौं । बुक बिल्डिङबाट प्रक्रियाबाट महँगो मूल्यमा सेयर बिक्री गर्न लागेको रिलायन्स स्पिनिङको वित्तीय अवस्था भने कमजोर देखिएको छ । असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बुक बिल्डिङबाट आईपीओ जारी गर्न लागेको कम्पनीको खुद मुनाफामा झण्डै सतप्रतिशतको गिरावट देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म खुद नाफामा ९७.१६ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा २ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्रै खुद नाफा रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९७.१६ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म यो कम्पनीको ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

यो नाफा कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने महसुुल बापतको रकम घटाएर गणना गरिएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ घटाएर नटवर्थ गणना गरिएको जनाएको छ ।

वित्तीय विवरणअनुसार एक वर्षको अवधिमा कम्पनीको खुद नाफा ९० करोड १४ लाख ९८ हजार रुपैयाँले घटेको छ ।

कम्पनीको बिक्री आयमा पनि ३० प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म १० अर्ब ५८ लाख बढीको वस्तु बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ७ अर्ब २१ लाख रुपैयाँको वस्तु बिक्री गरेको छ ।

कम्पनीको गत अवको चैत मसान्तसम्म बिक्री तथा वितरण खर्च १९ करोड १५ लाख ४४ हजार रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ८ करोड ६७ लाख ८५ हजार रहेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च झण्डै ५० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म २४ करोड ९० लाख रहेको वित्तीय खर्च ३७ करोड ३३ लाख ९८ हजार पुगेको छ । जुन गत आवको सोही अवधिमो भन्दा ४९.९६ प्रतिशतले बढी हो ।

मुनाफामा उच्च गिरावट आएसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ । गत आवको चैतमा वार्षिक प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उक्त कम्पनीको इपीएस ५२ रुपैयाँ २६ पैसाले घटेर २ रुपैयाँ ८ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता सेयर असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्दैछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi