Skip to content

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथोपटक प्रधानमन्त्री भएका हुन् ।

संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T