काठमाडौं । नेपाल वायुसेवा निगमले प्रधानमन्त्ती दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि निगमले सम्पूर्ण कर्मचारीको तलबकट्टा गरी उक्त सहयोग गरिएको जनाएको छ ।
बिहीबार सो रकम बराबरको चेक निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्