Skip to content

५ किलो अफिमसहित ट्रक चालक पक्राउ

nabil bank

रुकुम पश्चिम । रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन् ।

छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो पाँच सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi