Skip to content

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

nabil
global ime

काठमाडौं । साउन २० गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । २० गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । आज गृहमन्त्रालयले सूचना जारी गरेर आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको सूचनामा भनिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T