Skip to content
Prabhu

एकाधिकार कायम गर्न गुगलले प्रतिस्पर्धीलाई दबाएको अदालतको फैसला, शेयर बजारमा झट्का

एजेन्सी । अमेरिकी जिल्ला न्यायाधीश अमित मेहताले गुगलले अनलाइन सर्चमा एकाधिकार कायम राख्न अवैध तरिकाले काम गरेको ठहर गरेका छन् । यसका लागि गुगलले अर्बौ डलर खर्च गरेर प्रतिस्पर्धालाई दबाउने र इन्नोभेसनलाई रोक्ने काम गरेको उनको ठहर छ ।

यो फैसला लगभग एक वर्षसम्मको सुनुवाइपछि आएको हो । गुगल, माइक्रोसफ्ट, र एप्पलका अधिकारीहरूले प्रस्तुत गरेको प्रमाण र साक्षीपछि न्यायाधीश अमित मेहताले अगस्ट ६ मा २७७ पृष्ठ लामो निर्णय जारी गरेका छन् । गुगलका ग्लोबल मामिलाका अध्यक्ष केन्ट वाकरले कम्पनीले उक्त फैसलाविरुद्ध अपील गर्ने बताएका छन् ।

फैसलामा सर्च इन्जिनको बजारमा गुगलको प्रभुत्व उसले एकाधिकारको प्रमाण भएको उल्लेख गरिएको छ । सामान्य सर्च सेवामा गुगलको ८९ प्रतिशत हिस्सा छ । जुन मोबाइलमा ९४.९ प्रतिशत छ । न्यायाधीश मेहताले आफ्नो निर्णयमा नयाँ मोबाइल फोन र इलेक्ट्रोनिक ग्याजेट्समा आफ्नो सर्च इन्जिनलाई डिफल्ट बनाउने लागि गुगलले वार्षिक रुपमा खर्च गर्ने अर्बौ खर्चलाई बाहिर ल्याइदिएका छन् ।

अमेरिकी महान्यायधीवक्ता मेरिक गारल्यान्डले यस फैसलालाई अमेरिकी जनताको लागि ऐतिहासिक जीत भनेका छन् । मिडिया रिपोर्टहरू अनुसार, अब अर्को चरणमा लामो कानुनी कारवाही र अपीलहरू समावेश हुन सक्छन्, जुन सम्भवतः सन् २०२६ सम्म चल्नसक्नेछ ।

यो फैसला गुगल र उसको माउ कम्पनी अल्फाबेटको लागि ठूलो झटका हो । इन्वेस्टमेन्ट फर्म बोन्डका अनुसार गुगलको सर्च इन्जिनले विश्वभरि हरेक दिन लगभग ८.५ अर्ब प्रश्नहरूको प्रक्रिया गर्छ, जुन १२ वर्षअघिको तुलनामा दोब्बर हो ।
ग्लोबल शेयर बजारमा गिरावटको बीचमा गुगलको माउ कम्पनी अल्फाबेटको शेयर गत दिन ४.६१ प्रतिशतले घटेसँगै प्रतिकित्ता १६०.६४ अमेरिकी डलरमा सीमित भएको छ । पछिल्लो छ दिनमा यसको शेयर ६.६२ प्रतिशत र एक महिनामा १५.६७ प्रतिशतले घटेको छ । त्यस्तै, ६ महिनामा अल्फाबेटको शेयरले १०.४७ प्रतिशतले बढेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal