Skip to content
Prabhu

प्लेस्टोरबाट किन हट्यो इसेवा मोबाइल एप ?

काठमाडौं । इसेवाको मोबाइल एपमा समस्या देखिएको छ । मंगलबारदेखि प्लेस्टोरबाट हटाइएको इसेवा एप अहिले मोबाइलमा पनि नचलेको गुनासो आइरहेको हो ।

गम्भीर सुरक्षा खतरा देखेपछि इसेवाको मोबाइल एपलाई गुगलको प्लेस्टोरले हटाइएको जनाएको छ। सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै गुगलले इसेवाको मोबाइल एपलाई गुगल प्लेस्टोरले हटाइदिएको हो ।

सुरक्षा खतरा भन्दै गुगलले नै हटाईदिएको इसेवाको एप प्रयोग गर्ने कि नगर्ने ? भन्ने विषयमा प्रयोगकर्तामा थप अन्योलता उत्पन्न भएको छ । इसेवा हजारौं व्यापारीहरुले क्युआर कोडमार्फत व्यापारिक भुक्तानी लिन समेत प्रयोग गर्दै आएका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal