Skip to content

द्वन्द्वको अन्तिम टुंगो लागेको सन्देश दिन सफल हुनेछौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बुधबार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न लाग्नु साकारात्मक पक्ष भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज उनले टीआरसी विधेयकमा संसदीय समितिबाट अल्झिएका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए ।

‘शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ,  टीआरसी टुंगो लगाउनुपर्ने थियो, हामीले यस सम्बन्धमा अलिक ढिलो गर्यौं,’ उनले भने, ‘अन्तिम टुंगो लागेको थिएन। केही विषय अल्झिएका थिए । तिनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।’

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए ।

‘शान्तिका पक्षधरहरूका लागि खुसीको विषय छ । यो ऐन बनिसकेपछि आयोग निर्माण गर्नेछौँ,’ उनले भने, ‘सहमतिका साथ प्रभावकारी आयोग बन्छ । सरकारको तर्फबाट पूरा सहयोग हुन्छ।’ओलीले नेपाल छोटो अवधिभित्र द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल हुने पनि बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T