Skip to content

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

nabil bank

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग  संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड बर्माले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपविदेश सचिव बर्मा शुक्रबार बिहान काठमाडौं आएका हुन्। नेपाल बसाइका क्रममा उनले सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफल कार्यक्रम छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi