Skip to content

सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना

काठमाडौं । सेयर बजारमा धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेमा ३ वर्ष कैद र ३ ररोड रुपैयाँ जरिवाना हुने भएको छ । संसदमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

संसदबाट सो संसोधन प्रस्वाब पारित भएमा इन्साइडर ट्रेडिङ गरेको ठहरेमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकोमा ५० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । हाल कायम ऐनमा बिगो बमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मात्रै रहेको छ ।

त्यस्तै, झुठो कारोबार, मूल्यमा उतारचढाब, धितोपत्र बजारलाई प्रभावित पारेमा र झुक्याउने विवरणहरु दिएमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकोमा ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

त्यस्तै गरी झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्रको काराबोर गरेमा वा लिखित विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकोमा १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डले कुनै व्यक्ति, कम्पनी वा संगठित संस्थाले गरेको धितोपत्रसँग सम्बन्धित कारोबारको सम्बन्धमा कुनै जाँचबुझ गर्नु परेमा बोर्डले त्यस्तो कारोबार सम्बन्धी अभिलेख सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्न सक्ने व्यवस्था समेत संसोधनको प्रस्तावमा राखिएको छ ।

धितोपत्र बोर्डबाट अनुरोध भई आएमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट त्यस्तो अभिलेख लिई बोर्डलाई उपलब्ध गराई दिनुपर्ने छ । प्राप्त अभिलेख गोप्य राखी जाँचबुझको लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ ।

त्यस्तै बोर्डले नेपाल सरकारको नीति निर्देशन, पुँजी बजारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई धितोपत्र कारोबारका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमबमोजिम कुनै काम गर्न वा नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima