Skip to content
Prabhu

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो, चाँदीको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १५ रुपैयाँले महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो । अघिल्लो दिन पनि सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९३.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२१ डलरमा कारोबार भइरहेको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal