Skip to content
Prabhu

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन पनि उच्च विन्दुको कीर्तिमिन बनाएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २ हजार ५१७.९५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.४७ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal