Skip to content
Prabhu

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापालाव सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनहरुमा सुनको मूल्यले लगाता नयाँ किर्तिमान बनाइरहेको छ । गत साता सुनको मूल्यले दुई दिन नयाँ रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले सस्तो भएको छ । शुक्रबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २ हजार ५०३.३४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.८६ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal