Skip to content

नेप्से प्रिओपन सेसनमा ५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन गत बिहीबार १२.१० अंक घटेर २७२७.३६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.४६ अंक बढेर २७३२.८२ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ५९ स्टकको १७२ पटकको कारोबारमा ३ करोड ४४ हजार ४५२ रुपैयाँ ६० पैसाबराबरको २५ हजार ६२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima