काठमाडौं । दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर भाटभटेनी सुपरमार्केटले देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहनेछ ।
भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। त्यसैगरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ ।
रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशत सम्म छुट दिन लागिएको छ । चामल, दाल, चना, चिनी, चिउरा, तेल, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।
जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ । अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ । त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजी को बोरा चाडपर्व अफरमा रु. १६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ ।
यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३२२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । त्यसैगरी मुसरको दाल प्रतिकेजी १४८ रुपैयाँ, मासको दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८ रुपैयाँ, मुगको दाल प्रति केजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ ।
तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । डीडीसीको घ्यू प्रति केजीमा रु. ८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रतिकेजी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ ।
दसैं, तिहार र छठ जस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । ‘सबै ग्राहकलाई ध्यानमा राखेर हामीले यो अफर प्रदान गर्न लागेका हौँ,’ पौडेलले भने, ‘यस अफरबाट सबै प्रकारका ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने हामीलाई लागेको छ।’
प्रतिक्रिया दिनुहोस्