काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यो साताको पहिलो दिन देखिनै सुनको मूल्य प्रत्येक दिन रेकर्ड कायम गर्दै आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन पनि सुनको मूल्य १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेन्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने उनको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्