काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । यो साताको पहिलो दिन देखिनै कीर्तिमान कायम भएको सुनको मूल्य आज तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्ले प्रत्यक दिन बढेर नयाँ रेकर्ड बनाइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूलयमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरतालगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेन्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्