काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६६९ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्