Skip to content
Prabhu

आय विवरण दाखिला गर्ने समय थप गर्न चेम्बरको आग्रह

nabil

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आय विवरण दाखिला गर्ने म्याद थप गर्नका लागि माग गरेको छ । आन्तरिक राजस्व विभागले आया विवरण दाखिला गर्ने समय तोकेर सूचना जारी गरेपछि चेम्बरले विभागको धानाकर्षण गराएको हो ।

चम्बरले वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० सम्म मात्र म्याद थप हुने व्यवस्थ प्रति चेम्बरले बिमति जनाएको हो ।

global
अर्घाखाँची सिमेन्ट

मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानूनी व्यवस्थाविपरीत भएको विभागको पछिल्लो निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने चेम्बरले जनाएको छ । आन्तरिक राजस्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ ।

‘आयकर ऐन २०५८ को दफा ९८ (१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

’यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ भन्ने कुरा उल्लेखित हुँदाहुँदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरु कटौति गरेकोमा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने व्यहोरा अनुरोध छ ।’

शिथिल रहेको अर्थतन्त्रलाई पुनःजागरण गराई राजस्वका स्रोतहरु बढाउनुपर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजस्व नीतिको प्रतिकुल रहेको चेम्बरको ठहर छ । सानो र ठूला कारोबारीहरुबीच हिसाव मिलान गर्नुपर्ने अवस्था समेत रहेको परिप्रेक्ष्यमा विभागको सफ्टवेयर क्षमता अभिवृद्धि गर्नु पर्ने र विगतमा झै आय विवरण दाखिलाको समय साविक बमोजिम गर्ने व्यवस्थाको लागि पनि नेपाल चेम्बर अफ कमर्सले विभागको ध्यानाकर्षण गराएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal