काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले घटेको बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा अपर स्याँङ्गे हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा आज ९.९९ प्रतिशतको गिरावट आएको छ । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९ रुपैयाँ ४० पैसाले घटेर ८०५ रुपैयाँ ४० पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा एनएमबि सुलभ लगानी कोष–२, अपर हेवाखोला हाइड्रोपावर, मकर जीतुमाइ सुरी हाइड्रोपावर र पाँचथर पावर कम्पनी धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी भित्र परेका छन् ।
आजको कारोबार बन्द हुँदा एनएमबि सुलभ लगानी कोषको सेयर मूल्य १ रुपैयाँ ०४ पैसाले बघेर ९ रुपैयाँ ९६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९(४५ प्रतिशतले कम हो । त्यस्र्त आज अपर हेवाखोलाको सेयर मूल्य ९.१७ प्रतिशत अर्थात् ४३ रुपैयाँ ९० पैसाले घटेर ४३५ रुपैयाँ पुगेको छ ।
आज मकर जितुमाइ सुरीको सेयर मूल्य पनि ८.८२ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले घटेर ४३२ रुपैयाँ २० पैसा पुगेको छ । आज पाँचथर पावरको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले घटेर २४४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.२७ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्