Skip to content
Prabhu

एस.के इनर्जीले बोलायो साधारणसभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

nabil

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले मंसिर २ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित मंसिर २ गते आइतबारका लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि साधारणसभा बस्ने निर्णय गरेको हो । सभाबाट सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सेयर बिक्री गर्ने, पुँजी संरचना परिवर्तन गर्ने र कर्जा सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने योजना कम्पनीले बनाएको छ ।

यसका साथै सञ्चालक समितिको प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal