Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्न इक्रा नेपालले बोलायो साधारणसभा

nabil

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर ३ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीको सञ्चालक समितिको गत भदौ १८ गते बसेको बैठकले एलोफ्ट काठमाडौं, ठमेलमा मंसिर ३ गते दिउँसो २ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ५७.३९६०७२२२२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आवका लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal