Skip to content
Prabhu

साताको सेयर : करिब साढे ४ प्रतिशतले घट्यो नेप्से, दैनिक औसत कारोबारमा सुधार

nabil

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ । गत साता २७४५ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से यो साता ४.३१ प्रतिशत अर्थात ११८ दशमलव २२ अंक घटेर २६२७ दशमलव १४ विन्दुमा झरेको हो ।

यो साता सेयर बजार ५ कारोबार दिनका लागि खुलेको थियो । जसमा ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो । यस साता मंगलबार नेप्से परिसूचक करिब २६ अंक बढेको थियो । अन्य दिनहरुमा भने सेयर बजारमा उच्च अंकको गिरावट देखिएको थियो । जसले गर्दा समग्र साताभरमा बजार उच्च अंकले घटेर बन्द भयो ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४६ प्रतिशत घटेको छ ।
नेप्से घटेपनि यो साता दैनिक औषत कारोबार रकममा भने केही सुधार देखिएको छ । यो साता गत साताको भन्दा दैनिक औषत कारोबार रकम बढेको हो । गत साता दैनिक औषतमा ५ अर्ब ३१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.९१ प्रतिशत बढी हो ।

त्यस्तै, यो साता दैनिक औषत सेयर संख्या १५.०४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.५९ प्रतिशत बढेको छ । नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण पनि करिब साढे ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब ८७ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ७७ अर्बमा झरेको छ ।

यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७५ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत घटेको छ । गत साता १६०८ दशमलव २४ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ८४ दशमलव ७८ अंक घटेर १५२३ दशमलव ४६ विन्दुमा झरेको छ ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६९१ दशमलव ७५ अंक घटेको छ । गत साता १३३७० दशमलव ८१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता घटेर १२६७९ दशमलव ०६ विन्दुमा झरेको छ ।

यस साता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.२५ प्रतिशत बढेको छ । त्यस्तै, यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको सेयरमूल्य साढे ११ प्रतिशत बढेको छ ।

कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको सेयरमूल्य यस साता सर्वाधिक १५.७१ प्रतिशत घटेको छ । त्यसैगरी, यस साता गुडविल फाइनान्सको सेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने एनआईसी एशिया बैंकको सेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal