Skip to content
Prabhu

आईजीआई प्रुडेन्सियलको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर कित्ताको विवरण खुलाई नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै उक्त म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधरणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal