Skip to content
Prabhu

अपि पावर र रुरु जलविद्युतको साधारणसभा आज

nabil

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडको साधारणसभा आज बस्दैछ । दुवै कम्पनीले लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरू पारित गर्न साधारणसभा बोलाएका हुन् ।

अपि पावर कम्पनीको एक्काइसौं वार्षिक साधारणसभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो जसलाई विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

यसको अलावा कम्पनीले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न कम्पनीमा लगानी तथा आयोजना निर्माण गर्ने र १ जना महिला र १ स्वतन्त्र समेत गरी ५ जना सञ्चालको नियुक्ति गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।

यता रुरु जलविद्युत कम्पनीको उन्नाइसौं वार्षिक साधारणसभा नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले आव २०८०/८१ को मुनाफा तथा संचित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै बोनस सेयर जारीपछि कायम हुने चुक्ता पुँजीको १ः०.८० अुनपातमा हकप्रद सेयर जारी गर्ने, आव २०८०।८१ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal