Skip to content
Prabhu

समता घरेलु लघुवित्तको एफपीओको आवेदन भोलिदेखि खुल्दै

nabil

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) भोलि अर्थात् कात्तिक १२ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको हकप्रदमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म खुला गरिने कम्पनीले जनाएको छ ।

आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal