Skip to content
Prabhu

भिभो वाई १९ एस सार्वजनिक, कति पर्छ मूल्य ?

nabil

 

काठमाडौं । भिभोले वाई सिरिजको भिभो वाई १९एस सार्वजनिक गरेको छ । भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको दृश्य दिने कम्पनीको दाबी छ । भिभो वाई १९एस मा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ । भिभो वाई १९एसको स्क्रीन ब्राइटनेस एक हजार निट्ससम्म पुग्न सक्छ ।

यसमा ३०० प्रतिशत अडियो बूस्टर सुविधा रहेको भिभो वाई १९ एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्छ । भिभो वाई १९एस ५१५० एमएएच ब्याट्री संग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ ।

यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । भिभो वाई १९एसले एसजिएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन प्राप्त गरेको छ ।

जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपी ६४ रेटिङ्गले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोट्रेट र रात्री मोडको विशेषताहरू रहेको छ । यसले क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्ने कम्पनीको दाबी छ ।

यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४/१२८ जिबी स्टोरेजको मूल्य १६ हजार ९९९ र ६/१२८ जिबी स्टोरेजको मूल्य १८ हजार ४९९ रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal