Skip to content
Prabhu

ऊर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेट

nabil

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका थिए । उक्त आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँगसमेत छलफल गरेका थिए।

विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्न मन्त्रीसमक्ष आग्रह गरेका ऊर्जा विज्ञ अधिकारीले बताए । भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठलगायतको उपस्थित थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal