Skip to content
Prabhu

नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम पौने ८ अर्ब

nabil

काठमाडौं । लगातार दुई दिन वृद्धि भएको नेप्से परिसूचक आज घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज ११ अंकले घटेर बन्द भएको हो ।

आज सेयर बजार परिसूचक ११ दशमलव २४ अंकले घटेर २७४८ दशमलव ९६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८० कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४८८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ ।

आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज पौने ८ अर्ब बढीको मात्रै कारोबार भएको छ । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३१२ कम्पनीका १ करोड ६७ लाख ८६ हजजार ९२३ कित्ता सेयर ८२ हजार ५७० पटक खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal