काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखियो । अघिल्ला दिन बढको सेयर बजार आज ११ अंकले घटेर बन्द भएको हो । सेयर बजार घट्दा पनि चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आज गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, वेष्ट फाइनान्स, एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा गुराँस लघुवित्तको सेयर मूल्य २२९ रुपैयाँ ९० पैसाले बढेर २ हजार ५२८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आज मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ । यो कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ ९० पैसाले बढेर ५९२ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै आज वेष्ट फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६७ रुपैयाँ ७० पैसाले बढेर ७४५ रुपैयाँ ६० पैसा पुगेको छ ।
आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९९ प्रतिशतले नै बढेको छ । एनएलजीको सेयर मूल्य ८६ रुपैयाँ १२ पैसाले बढेर ९४८ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीभित्र परेको अर्को कम्पनी हो समृद्धि फाइनान्स । यो कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशत अर्थात् ८१ रुपैयाँले बढेर ९२४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्