काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक समूहका केही सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यसअघि, यी सेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो । तर संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर–१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यो अवधी भित्र आवेदन गरेपछि योग्य लगानीकर्ताले सम्पदा लघुवित्तमा संस्थापक सेयरको हिस्सेदार बन्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्