Skip to content
Prabhu

कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने शीर्ष पाँच कम्पनी

nabil

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । दोहोरो अंकले घटेर बन्द भएको दिन १३८ कम्पनीको सेयर घटेको छ । जसमध्ये कुथेली बुखारी स्मल हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य प्रत्तिकित्ता ३०९ रुपैयाँ ९० पैसाले घटेर २ हजार ७८९ रुपैयाँ १० पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा केबिएल डिबेन्चर २०८६, समाज लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स र बुटवल पावर कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा केबिएल डिबेन्चरको सेयर मूल्य ७.७४ प्रतिशत अर्थात् ८९ रुपैयाँले घटेर १ हजार ६० रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै आज समाज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २०२ रुपैयाँले घटेर ३ हजार ८९८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशतले कम हो । बुधबारको कारोबार बन्द हुँदा एनएलजी इन्स्योरेन्सको सेयर मूल्लय पनि ४.०४ प्रतिशत अर्थात् ३८ रुपैयाँ ३० पैसाले घटेर ९१० रुपैयाँ पुगेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य पनि आज ३.६३ प्रतिशत अर्थात् १७ रुपैयाँले घटेर ४५१ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal