Skip to content

कर्मचारी महासंघद्वारा बाढीपीडितलाई ७ लाख ७७ हजार सहयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार प्रदान गरेको छ ।  महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा बाढीपीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैं अग्रमोर्चामा रहेर काम गरेको उल्लेख बताए ।  पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताए।

सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र सङ्गठनका पदाधिकारी सहभागी थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T