काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अझै पनि साढे ८ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वितीय विवरण अनुसार ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको हो ।
यो गत आवको सोहि अवधिको भन्दा केही सुधार हो । गत आवको सोही अवधिसम्ममा कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७९.०८ प्रतिशत घटेको छ भने कुल नाफा ६९.९१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्मा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँबाट घटेर ७ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण नोक्सानी घट्न पुगेको हो ।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्