Skip to content
Prabhu

सानिमा माइ हाइड्रोपावरको नाफा घट्यो

nabil

काठमाडौ । सानिमा माइ हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २०.०९ प्रतिशतले घटेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८१ प्रतिशत घटेको छ भने कुल नाफा २२.३७ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा समीक्षा अवधिमा २६.६९ प्रतिशत र वित्तीय खर्च १८३.८३ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ ९५ पैसा घटेर २३ रुपैयाँ ७८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा रहेको छ । ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal